२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मतदान गर्न मनाङवासी जिल्ला फर्किदै


39
Shares

काठमाडाैं । निर्वाचन नजिकिएसँगै जाडो बढ्दै गएपनि मनाङका बासीन्दा जिल्लामा आइरहेका छन ।

जाडो याममा मनाङको मौसम बस्न प्रतिकूल हुने भएकाले मनाङबासी जाडो छल्न बेँसी झर्ने गरेको भएपनि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न उनीहरू जिल्लामा आइरहेकाे जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

अहिले हिउँ पर्ने समय भएकाले यहाँको मौसम कुनै पनि समय प्रतिकूल हुन सक्ने भएकाले मतदानका लागि सुरक्षित व्यवस्थापन गरेको जिल्ला निर्वाचन कार्यालयले बताएकाे हाे । मनाङमा एक प्रतिनिधि र दुई वटा प्रदेश सभा रहेका छन् । प्रदेश सभाको (२) मा स्वतन्त्र उम्मेदवार दिपक मनाङे विजयी भइसक्नुभएकाे छ ।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ एक जना सदस्यका लागि मतदान हुने भएकाे छ ।