‘धारावी बैंक’ को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


‘धारावी बैंक’ को ट्रेलर सार्वजनिक


2.132k
Shares

एजेन्सी । एमएक्स प्लेयरले आफ्नो नयाँ वेब सिरिज ‘धारावी बैंक’ को ट्रेलर सार्वजनिक गरेको छ ।

आश्रम, भौकाल र रक्तांचल पछि एसियाकै सबैभन्दा ठूलो बस्ती धारावीको कथा लिएर एमएक्स प्लेयर आएको हो । जुन निकै शक्तिशाली कथामा आधारित छ ।

यस सिरिजमा सुनिल शेट्टी, विवेक ओबेरोय र सोनाली कुलकर्णी जस्ता उत्कृष्ट कलाकारहरूको अभिनय रहेको छ ।

२ मिनेट १३ सेकेण्ड लामो यस सिरिजमा सुनिल सेतो शर्ट, लुंगी, लामो कपाल र दाह्रीमा एकदमै फरक स्टाइलमा देखिएका छन् ।

साथै, विवेक ओबेरोय एक पुलिस अफिसरको भूमिकामा देखिनेछन् । यस सिरिजमा क्राइम र थ्रिल दुवै देख्न सकिनेछ ।

अपराध र रहस्यले भरिएको यो वेब सिरिज सुमित कक्कडले निर्देशन गरेका हुन् ।