Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने


0
Shares

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निमार्णको लागि ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता हस्ताक्षर भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ ।

आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्द्धकहरूसमक्ष एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरू भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।