Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


मुख्यमन्त्री ताकेर प्रदेशसभामा प्रतिस्पर्धा


299
Shares

कास्की । प्रतिनिधि सभा सदस्यका लागि देशभर चुनावी वातावरण तातिरहेझै गण्डकी प्रदेशमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

स्रोत र साधनका हिसाबले सम्भावना बोकेको गण्डकी प्रदेशमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जस्तै प्रदेश सभा सदस्यका उम्मेदवारहरू पनि चुनावी मैदानमा खटेका छन् ।

प्रतिनिधि सभामा दल र स्वतन्त्रसहित ५३ जनाले प्रतिस्पर्धा गरेको कास्कीमा तीनवटा निर्वाचन क्षेत्र पर्दछन् । हरेक क्षेत्रमा दुईवटा प्रदेशका हिसाबले ६ जना उम्मेदवार विजयी बन्नेछन् । तर यहाँबाट ५७ जना उम्मेदवार प्रदेशसभाका लागि प्रतिस्पर्धा गर्दै छन् ।

उनीहरू प्रतिनिधि सभाका उम्मेदवार झै सक्रियताका साथ चुनावी अभियानमा छन् । उम्मेदवारले घरघरै पुगेर अजेन्डा सुनाउँदै मतदाता फकाउने गरिरहेका छन् । कतिपयले समग्र गण्डकी प्रदेशको समृद्धि र विकासलाई मुख्य अजेन्डा बनाएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।