Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


तराई मधेस जनता पार्टी (टाइगर्स)द्वारा निर्वाचन बहिष्कार


130
Shares

काठमाडाैं । सरकारले आफूहरूसँग गरेकाे सम्झौता कार्यान्वयन नगरेकाे भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेकाे छ।

भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयाेजना गर्दै ०७५ सालमा सरकारसँग भएको ११ बुँदे सम्झौता अझै कार्यान्वयन नभएको, तराई मधेसका मुद्दाहरू यथावत रहेको, मधेशवादी दलले पनि मधेशका मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त भएको उसकाे आराेप ‍छ ।

पार्टीका सचिव मेजर पाण्डेले तराई मधेशको मसिहा दाबी गर्नेहरूले तराई मधेशका मुद्दा उठाउनु पर्ने, मधेशी युवालाई सहिद बनाउँदै मुख्य मुद्दालाई बिर्सेर स्वार्थमा लागेको, मधेशका लिडर नभई डिलर बनेकाे आरोप लगाउनुभयाे।