
काठमाडौं, भदौ ७ । प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो कार्यविधि र कार्यक्षेत्र निर्धारण गर्न उपसमिति बनाएको छ ।
तीन सदस्यीय उपसमितिमा सांसद कृष्णभक्त पोखरेल, पद्मनारायण चौधरी र शशी श्रेष्ठ रहेका छन् ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिलाई पाँच दिनभित्र कार्यविधि र कार्यक्षेत्र निर्धारण गर्न भनेको छ ।
उपसमितिको बैठक शुक्रबार बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्