Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


परिधिभित्र रहेर ७ करोड २२ लाख बाँडेको दाबी


4.6k
Shares

काठमाडौं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोयको परिधिभित्र रहेर आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै ७ करोड २२ लाख बाँडेको दाबी गरेका छन् ।

बारामा सोमबार आयोजित कार्यक्रमबीच ‘कांग्रेसले उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाखको स्रोेत के हो त ?’ भनी सञ्चारकर्मीले राखेको प्रश्नमा कांग्रेस प्रवक्ता महतले ‘निर्वाचन आयोगले तोकेको आचारसंहिताको दायराभित्र रहेरै रकम बाँडिएको’ दाबी गरेका हुन् ।

‘कांग्रेसले हरेक कुरा पारदर्शी र सुशासनको परिधिभित्र रहेर मात्र गतिविधि गरिरहेको छ, कानुनी शासन र सुशासनका लागि कांग्रेस कम बोलेर धेरै काम गर्ने पार्टी हो,’ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारतर्फ संकेत गर्दै उनले भने, ‘ओली नेतृत्वको सरकारजस्तो भ्रष्टाचार र भद्रगोल अवस्थामा कांग्रेस नेतृत्वको सरकार चलेको छैन ।’

२०७४ सालको निर्वाचनजस्तो ‘आफ्नो पार्टीले धेरै उम्मेदवार उठाएर थोरै सिट जितेजस्तो नगरी यसपटक थोरै उम्मेदवार बनाएर धेरै सिट जित्ने रणनीति’ अपनाएको महतले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।