सगरमाथा क्षेत्रमा हिम चितुवा फेला « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


सगरमाथा क्षेत्रमा हिम चितुवा फेला


12.181k
Shares

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा क्षेत्रको खुम्बुमा हिम चितुवा फेला परेको छ ।

वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोस्कीले हिम चितुवाको तस्वीर खिचेर सार्वजनिक गर्नुभएको हो ।

सगरमाथा क्षेत्रमा हिम चितुवा देखापरेपछि उहाँले गत अक्टोवर ८ मा तस्वीर खिच्नुभएको थियो । ५ हजार ४ सय ८६ मिटर उचाइमा हिम चितुवाको तस्वीर कैद गरेको उहाँले सामाजिक सञजालमा सार्वजनिक गर्नुभएको छ ।

चितुवाको पाइला पछ्याउँदै उत्कृष्ट दृश्यका लागि उचाइ चढ्दै ५ हजार मिटर भन्दा माथि सो चितुवाको फोटो खिचेको उहाँले बताउनुभयो ।