२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


क्यान्सर पीडित बालबालिकाको सहयोगका लागि ‘साइकल यात्रा’


104
Shares

काठमाडौं । दीर्घजीवी स्वयंसेवी संस्था ह्वील अफ होपले क्यान्सरबाट पीडित बालबालिकाको सहयोगका लागि आजदेखि एकल ‘साइकल यात्रा’ अभियान सुरु गरेको छ ।

संस्थाका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं दीर्घजीवीका चार्टर सेक्रेटरी समिर श्रेष्ठले आज काठमाडौंबाट साइकल यात्राको सुरुवात गर्नुभयाे । एकसाताको यात्रामा उहाँ काठमाडौँबाट चितवन, निजगढ, लहान, इनरुवा झापा हुँदै इलाम पुग्ने कार्यतालिका रहेको छ ।

अभियानका क्रममा श्रेष्ठले बाल्यकालमा हुने क्यान्सर रोगका बारेमा सचेतना जगाउनुका साथै रोगबाट पीडित बालबालिकाका लागि आर्थिक सहयोग जुटाउने कार्य गरी राख्नुभएकाे छ ।

नेपालमा हरेक वर्ष करिब एक हजार ६ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको छ । चेतना र उचित उपचारको अभावमा धेरैको मृत्युसमेत हुने गरेको छ ।