२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


तब्बुले भनिन्– ‘आफ्नो नामसँग बाबुको थर लेख्न जरुरी ठान्दिन’


11.843k
Shares

एजेन्सी । भारतीय अभिनेत्री तब्बुले हालैको एक भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा आफ्नो नाम अगाडि बाबुकाे थर नलाग्नुको कारण बताएकी छिन् ।

तब्बुले भनिन्, उनी कहिल्यै चाहँदैन थिइन् कि मानिसहरूले उनलाई उनको पूरा नामले चिनून् । तब्बुका आमाबुवाको सम्बन्ध विच्छेद भइसकेको थियो, त्यसैले आफ्नो बुवासँगको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन, जसका कारण उनले आफ्नो नामको अगाडि बाबुको थर कहिल्यै राख्न चाहिनन् ।

तब्बुको पूरा नाम तबस्सुम फातिमा हाश्मी हो तर फिल्म इन्डस्ट्रीमा उनी तब्बुको नामले मात्रै चिनिन् । उक्त अन्तर्वार्तामा तब्बुले आफ्नो मनमा बुबाको लागि माया नभएको खुलासा गरेकी छन् ।

तब्बुले आफुलाई न त बुवाको याद आइरहेको छ न त भेट्ने मन नै लागेको बताउँछिन् र उनले बुवाले दिएको उपनाम हाश्मी राख्नु आवश्यक नभएको पनि बताइन् । तब्बुले आफ्नो जीवनमा पूर्ण रूपमा सेटल भइसकेकाले अहिले पुराना कुराहरू सोच्नुको कुनै अर्थ नरहेको बताइन् ।

तब्बुको नाम बलिउडका बहुमुखी अभिनेत्रीमा गनिन्छ । उनी फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् । उनले दुई पटक राष्ट्रिय पुरस्कार पनि जितेका छन्, साथै चलचित्र जगतमा दिएको योगदानको लागि भारत सरकारबाट पद्मश्री पनि पाएकी छन् ।

हालै ‘भुल भुलैया २’ मा उनको कामको निकै प्रशंसा भएको थियो । अब छिट्टै उनी अजय देवगनसँग ‘दृष्यम २’ मा देखिनेछिन् ।