तुल्सीपुर (दाङ) । ‘कांग्रेस खर्लप्पै मिलिसके, मलाई त चुनौती थपियो !’ चर्चित गायिका तथा पूर्वसञ्चारकर्मी कोमल वलीको अभिव्यक्ति हो यो । उनी अहिले नेकपा एमालेका तर्फबाट दाङ ३ मा प्रतिनिधिसभाकी उम्मेदवार छिन् ।
निर्वाचन रिपोर्टिङका क्रममा वलीलाई भेट्न हामी तुल्सिपुरस्थित निवासमा पुग्दा कुराकानीको सुरुवातमै उनले यो तथ्यबारे मुख खोलेकी हुन् । स्थानीय राजनीतिका जानकारले दिएका अभिव्यक्तिलाई मान्ने हो भने वलीले भनेजस्तै हरेक निर्वाचनमा त्यो क्षेत्रमा कांग्रेसभित्र आन्तरिक कलह हुन्थ्यो । त्यही कलहले विपक्षीलाई सहज बनाउँथ्यो ।
कलहका दुई ध्रुवमा भने पत्यार लाग्नै नसक्ने दुई पात्र भेटिन्छन्, गेहेन्द्र गिरी र दीपक गिरी । उनीहरू दाजुभाइ हुन्, एउटै बाजेका दुई नाति, काकाबडाबाका सन्तान । जानकारहरूका अनुसार दुवैजना जिल्लामा आ–आफ्नै समूह चलाउँछन् । जसमा कांग्रेसको जस्तै लामो इतिहासको शृंखला छ । जसको जडमा कुनै समयका दाङ कांग्रेसका हस्ती खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ भेटिन्छन् ।
बहुदल आएपछि दाङ कांग्रेसमा खड्का र मजगैयाका समूह सक्रिय भए । जसको सम्बन्ध केन्द्रमा गणेशमान/कृष्णप्रसाद र गिरिजाप्रसादसँग जोडिन्थ्यो । खड्का कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट थिए भने मजगैयाँ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्