
सप्तरी, असार ३ । प्रदेश नम्बर २ सरकारले इस्लाम धर्मावलम्वीहरूको पर्व इद उल फित्रको अवसरमा आइतबार सार्वजनिक बिदा दिए पनि न्यायिक क्षेत्रदेखि निजी बैंकका कार्यालय खुला रहे ।
सप्तरीको राजविराजमा रहेका उच्च अदालत जनकपुर, राजविराज इजलास र जिल्ला अदालत राजविराजले काम कारवाही गरेका हुन् । न्यायिक क्षेत्र प्रदेशअन्तर्गत नरहेको तथा केन्द्रबाट बिदाको बारेमा कुनै जानकारी नआएकाले काम कारवाही सुचारु गरिएको अदालतले जनाएको छ ।
यसैगरी, राजविराजमा रहेका राष्ट्रिय वाणिज्य वैंक र नेपाल बैंक लिमिटेडसहित अरु निजी बैंकले पनि कारोबार गरे ।
प्रदेश २ मा गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले इद पर्वमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्