Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो


29.8k
Shares

काठमाडौं । निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरले जनाएकाे छ।

उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको बताउनुभयाे ।

उहाँका अनुसार छोराको डीएनए श्रेष्ठसँग ९९.९९९ प्रतिशत मिलकाे छ । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।