
इन्डोनेसिया, भदौ ७ । एसियन गेम्सको पौडीतर्फ नेपालका दुई खेलाडीहरु शिरिष गुरुङ र टिसा शाक्यको आजको प्रदर्शन हिट चरणमै सिमित रह्यो ।
पुरुष सय मिटर फ्रिस्टाईलमा नेपालका शिरिष गुरुङ आफ्नो हिटको पुछारमा रहे । ५७.९२ सेकेण्डमा दुरी पूरा गरेका शिरिषले आफ्नो कीर्तिमान सुधार्न सकेनन् ।
उनले सन् २०१६ को रियो ओलम्पिकमा ५७.७६ सेकेण्डको राष्ट्रिय कीर्तिमान राखेका थिए ।
पौडीकै महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालकी टिसा शाक्य हिट चरणमा तेस्रो भए पनि अर्को चरणमा उक्लिन सकिनन् । पहिलो हिटमा रहेकी टिसाले ३९.४६ सेकेण्डमा दुरी पूरा गरेकी थिइन् ।
एसियन गेम्सको पौडीमा अब नेपालका गौरिका सिंह र टिसा शाक्यले महिला ५० मिटर फ्रिस्टाईलमा तथा सुभम श्रेष्ठले पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा भोलि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्