२२ मंसिर २०८०, शुक्रबार | Sat Dec 9 2023


स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालको प्रदर्शन फिक्का


0
Shares

इन्डोनेसिया, भदौ ७ । १८ औं एसियाली खेलकुदको स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालका खेलाडीहरुले सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् ।

पुरुष स्पिड विधामा नेपालका खेलाडीहरु पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ समूहको पुछारमा रहे । पेम्बाले १२ सेकेण्डमा निर्धारित पर्खाल चढे भने प्रनिलले १२ दशमलब २६ सेकेण्डको समय लगाए । 

यसैगरी पुरुष स्पिड कम्बाईन्ड विधामा पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो ।

एसियाडमा पहिलो पटक सहभागिता जनाएको खेल स्पोर्ट्स क्लाईम्बिङमा नेपालका यी दुई खेलाडीमात्रै सहभागी छन् ।

दुबैजना स्पिड विधामा पराजित भएपछि अब बोल्डरिङ र लिड विधाका खेलहरु बाँकी छन् ।