Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रमा प्रचार गर्न नपाउने


468
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा चुनावी प्रचारप्रसार गर्न नपाउने स्मरण गराएको छ ।

आयोगका अनुसार, स्थानीय जनप्रतिनिधिले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा भने संलग्न हुन सक्नेछन् ।

‘संघीय र प्रदेश सरकारका मन्त्रीलाई चुनावी प्रचारमा सहभागी हुन अनुमति छ । उनीहरूलाई आफू उम्मेदवार रहेको क्षेत्रमा चुनावी प्रचार गर्न रोकतोक लगाइएको छैन । तर, सरकारी साधनको प्रयोग गर्न पाउने छैनन्’ आयोगले जनाएको छ । यसबाहेक अन्य क्षेत्रमा चुनावी प्रचारका लागि जाँदा भने आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

संघीय सरकारका मन्त्रीले आयोगको केन्द्रीय कार्यालयबाट तथा प्रदेश सरकारका मन्त्रीले आयोगको प्रदेश कार्यालयबाट अनुमति लिन सक्ने आयोगले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।