Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आमसभाको सुरुवात गर्दै


156
Shares

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आससभाको सुरूवात गर्ने भएका छन् ।

देउवा बिहिबार गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १७ गतेदेखि २० गते सम्म उनी गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरा सचिव शेर भण्डारीले जानकारी दिए ।

देउवाले डडेल्धुराबाट नै चुनावी आमसभालाई सम्बोधन गरेर आमसभाको सुरूवात गर्ने पनि उनले जानकारी दिए । निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै चुनावी सभा गर्न भनेको थियो । १७ गते पहिलो दिन गृह जिल्ला पुगेर चुनावी सभाको सुरूवात गर्न लागेको उनले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।