Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


विप्लव समूह निर्वाचनका लागि खतरा बन्ने आशंका


156
Shares

काठमाडाैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा खतरा बन्ने आशंका व्यक्त गरेको छ ।

हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेपछि विप्लव समूह खतरा बन्ने आशंका आयाेगले व्यक्त गरेको हाे।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा खतरा बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिनुभयाे ।