२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


आफू निर्वाचित भए तलब भत्ता नलिने धवलशमशेरको घोषणा


247
Shares

काठमाडौं । राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार धवलशमशेर राणाले आफू निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ ।

बुधबार बिहान बाँकेको डुडुवामा निर्वाचन प्रचारका क्रममा सांसदमा निर्वाचित भए त्यस बापत पाउने ८०–९० हजारको तलव भत्ता नलिने घोषणा गर्नुभएको हो ।

यस अघि दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा पनि तलब भत्ता नलिएका राणाले तलब भत्ता बापत आउने रकम जनताकै सेवामा लगाउने बताउनुभयो । आफू सेवा गर्नका लागि राजनीतिमा आएको भन्दै तलब भत्ता नखाने बताउनुभयो ।

नेपालगञ्जको मेयर हुँदा राणाले मासिक रूपमा आउने ४२ हजार रुपैयाँ तलब र ८ हजार रुपैयाँ भत्ता हरेक महिना सामाजिक कार्यमा लगाउनु भएको थियो ।

जसपाका मोहम्मद इस्तियाक राईसँग प्रतिष्पर्धामा रहेका राणालाई नेकपा एमालेले समर्थन गरेको छ ।