विद्युतीय पोल प्रयोगमा शर्तैशर्त « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


विद्युतीय पोल प्रयोगमा शर्तैशर्त


533
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केबल सञ्चालकहरूबीचको विवाद फेरि बढ्ने देखिएको छ । प्राधिकरणले विद्युत पोलमा जथाभावी राखिएका केबल हटाउन ४५ दिने समयसीमा दिँदै नयाँ मापदण्ड समेत सार्वजनिक गरेको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अप्टिकल फाइबर केबल र विद्युत लाइन तथा भूसतहबीचको न्यूनतम दुरी तोकेको छ ।

यस्तै, ४०० भोल्टको नांगो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दुरी मिटर हुनुपर्ने जनाएको छ भने ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दुरी २ मिटर हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

प्राधिकरणले चार सय भोल्टका उपकरणहरूसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने उल्लेख गरेको छ । यस्तै, अप्टिकल फाइबर तथा केबल र जमिन सतहबीच पैदल मार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर मापदण्ड तोकिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।