Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


अर्थतन्त्र र प्रतिव्यक्ति आय दोब्बर बनाउने दाबी


52
Shares

काठमाडौं । नेकपा (एमाले) ले मंगलबार चुनावी घोषणपत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र दोब्बरभन्दा बढि अर्थात् १०० खर्बको पुर्‍याउने दाबी गरेको छ ।

यसका साथै एमालेले पाँच वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय पनि दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४ सय अमेरिकी डलर ) पुर्‍याउने पनि घोषणपत्रमा उल्लेख छ ।

एमालेले पाँच वर्षमा कृषिको व्यवसायीकरण गर्ने साना मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने दाबी गर्दै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याउने पनि जनाएको छ । तर, एमालेले बर्तमान सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाउँदै देशमा एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको पनि जनाएको छ ।

‘तस्करी, राजस्व छली, हुन्डीलगायत क्रिप्टो मुद्रा, हाइपर फन्ड र डिजीटल सम्पत्तिका क्षेत्रमा अवैध लगानी भइरहेको छ, एमालेको घोषणपत्रमा उल्लेख छ, ‘सरकार स्वंय अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने र त्यस्तो हर्कत गर्नेलाई नियन्त्रण गर्ने नियामक निकायलाई उल्टै हतोत्साहित गर्ने काम गरिरहेको छ ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।