पोखरा महानगरपालिकामा पनि चल्याे अन्डरग्राउन्ड पार्किङमा डाेजर « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


पोखरा महानगरपालिकामा पनि चल्याे अन्डरग्राउन्ड पार्किङमा डाेजर


0
Shares

पोखरा । पोखरा महानगरपालिकाले प्रयोजनविपरीत चलाइएका संरचना भत्काएको छ । पार्किङ प्रयोजनका लागि भन्दै कर छुट दिएर निर्माण गरिएका भूमिगत पार्किङमा प्रयोजनविपरीत व्यवसाय चलाएको संरचना भत्काएको महानगरपालिकाले जनाएको छ ।

पोखराका विभिन्न ८ वटा भूमिगत व्यवसाय हटाउन महानगरका मेयर धनराज आचार्यसहितको टोली डोजर लिएर पुग्नुभएको थियो । जसमा भूमिगत व्यवसाय जान प्रयोग गरिएका तीन वटा सिँढी, मापदण्ड विपरीतका छत र होर्डिङ बोर्डमाथि डोजर चलाइएको हो ।

भूमिगत पार्किङस्थल भनी उल्लेख गरिएको ठाउँ प्रयोजन खुलाए अनुरूप नै प्रयोग गर्न महानगरले सूचना जारी गरेको थियो । महानगरले भदौ दोस्रो साता ३५ दिने सूचना जारी गरेको थियो । सूचना जारी गरेपछि व्यवसायीले दसैंसम्म व्यवसाय सञ्चालन गर्न दिन आग्रह गरेका कारण महानगरले उक्त अवधि कुरेको मेयर आचार्यले बताउनुभयो ।

यस्तै, पटक–पटक सूचना दिनेदेखि पार्किङ व्यवसाय चलाएका व्यवसायी र घरधनीलाई पार्किङ प्रयोजनकै लागि भूमिगत क्षेत्र प्रयोग गर्न आग्रह गरेको मेयर आचार्यले भनाइ छ । पोखरा महानगरको तथ्यांक अनुसार महानगरभित्रका २५० वटा भवनमा भूमिगत पार्किङ बनाइएका छन् ।