‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता तेस्रो चरणमा प्रवेश « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता तेस्रो चरणमा प्रवेश


4.901k
Shares

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा निर्णायकलाई मख्ख पारेकी परिजिताले नकआउट प्रतिस्पर्धामा पनि मन जितिन् । नेपाली समयानुसार मंगलबार देखि सुरु भएको नकआउट चरणको सुरुवातमै परिजिताले जित हासिल गरेकी हुन्।

उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी हुन् । प्रतिष्पर्धीले आफैले गीतहरू चयन गर्ने अवसर पाएका थिए । प्रस्तुतिपछि निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

परिजिता नकआउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा समेत गरेका छन् ।