बोराभित्र भेटियो ७ महिने शिशुको शव « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


बोराभित्र भेटियो ७ महिने शिशुको शव


2.743k
Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित फूलजोर खोलाको किनारमा मंगलबार बिहान अन्दाजी ७ महिना शिशुको शव फेला परेको छ ।

बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ आउने सडकको खोला किनारमा बोराभित्र पोको पाकेर अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।

शिशु कसले फालेको हो भनी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार मंगलबार बिहान १० बजेतिर फोहोर संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरीलाई जानकारी जराएको बताउनुभयो । उहाँले मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको बताउनुभयो ।

उक्त शिशु अवैध सम्बन्धपछि जन्माएर फालेको हुन सक्ने आशंका गरिएको छ ।