Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


एमालेले गरेका कामको जस लिने कोसिस


624
Shares

काठमाडौं । मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक व्यवस्थाबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी भएपछि संविधान उल्लंघन गरेको र जनतालाई कुठाराघात गरेकै कारण प्राप्त उपलब्धि गुम्ने खतरा रहेको तर त्यसलाई आफ्नो पार्टीले रक्षा गर्ने प्रतिबद्धता नेकपा एसले गरेको हो। नेकपा एसद्वारा सोमबार जारी चुनावी प्रतिबद्धतापत्रमा ओलीकै कारण आफूहरूले विद्रोह गर्नुपरेको उल्लेख छ।

प्रतिबद्धतापत्रमा एमाले र ओलीको आलोचना गर्दै देशभरका कम्युनिस्टहरूसँग एकता र सहकार्य गर्नेसमेत उल्लेख छ। नेपाली कम्युनिस्ट आन्दोलन अनेकौं उकालीओराली र संकटका विभिन्न भँगाला पार गर्दै अगाडि बढिरहेको छ। कम्युनिस्ट पार्टीले सही विचार, सिद्धान्त र कार्यक्रमका आधारमा आफूलाई अगाडि बढाउँदा छरिएर रहेका कम्युनिस्टबीच एकता र सहकार्य अगाडि बढेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।