
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै उडान तालिका स्वीकृत नगराई बोर्डिङ पास दिएर गैरकानुनी रुपमा उडान गर्न खोज्नुको कारण सोधेको हो । प्राधिकरणले जाडो याम (अक्टोबर ३० देखि मार्च २५ सम्म ) को उडान कार्य तालिका सार्वजनिक गर्दै कार्य तालिका अनुसार निगमको आइतबार अपराह्नको काठमाडौं दिल्ली उडान नभएको र निगमले उडान गर्न खोजेको भन्दै रोक लगाएको थियो ।
उडान स्वीकृत नभएको निगमले काठमाडौंबाट दिल्ली उडान गर्न खोजेर यात्रुहरूलाई विमानस्थलमा बोलाई गन्तव्यमा नपुर्याई अलपत्र पारेको घटनाप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्