
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचन सामग्री ढुवानीलाई तीव्रता दिएको छ ।
आयोगले पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाअनुरूप जिल्ला जिल्लामा धमाधम निर्वाचन सामग्री पठाउन थालेको हो ।
आयोगका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा आइतबार निर्वाचन सामग्री ढुवानी गरेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्