
काठमाडौं । नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक नीजि कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ ।
विगत ८ वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गठ्ठा उपलब्ध गराउँदै आएको थियो ।
नेपाली सेनाले प्रयोग गर्ने असल्ट राइफलमा प्रयोग हुने ५ दशमलव ५६ एमएमको २० लाख राउण्ड गोली उक्त भारतीय नीजि कम्पनीले उपलब्ध गराउने भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । नेपाल सरकार र भारतीय सरकारबीच जिटुजी सम्झौताअन्तर्गत उक्त गोली नेपाल आउन लागेको हो ।
यसपटक नेपाली सेनालाई उपलब्ध गराउने उक्त गोली सप्लाइ गर्न चिनियाँ कम्पनीले ठेक्का प्रक्रियामा सहभागी भए पनि कम रकम कबोल गर्ने भारतीय कम्पनीले उक्त ठेक्का पाएको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्