तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु


११ कार्तिक २०७९, शुक्रबार ०९:२१

156
Shares

धनुषा । तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु भएको छ । मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठको पहिलो दिन आज नुहाईधुवाई गरी जीउ शुद्ध गर्ने गरिन्छ ।

मिथिलाञ्चलसहित छठ मान्ने ब्रतालुहरु आज नुहाएर ‘अरबा अरबाइन’ खाने गर्दछन् । छठको अवधिभर मरुवा, मसुराको दाल, लसुन, प्याजलगायतका वस्तुहरु खान नहुने मान्यता रहेको छ ।

मिथिलाञ्चललगायतका क्षेत्रहरुमा छठका लागि नदी, पोखरी तथा तीर्थस्थलहरु सजाउने क्रम पनि शुरु भएको छ । जनकपुरका अधिकांश पोखरीहरुलाई झकिझाउन बनाउन शुरु गरिएको हो ।

छठको दोस्रो दिन भोलि दिनभर उपवास बसी राति खिर खाने चलन छ । जसलार्य ‘खरना’ भन्ने गरिन्छ । छठको मूख्य दिन आगामी आइतबार अस्ताउँदै दिनभर ब्रत बसेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ भने रातभर जाग्राम बसेर सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

तिहार सकिएलगत्तै छठ शुरु भएकाले सरकारी कार्यालयहरु आगामी सोमबारदेखि मात्रै खुल्ने भएका छन् । सरकारले आज पनि तिहारको विदा दिएको छ भने आइतबार छठको विदा परेको छ ।