Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सरकारले ठोस खाका, योजना प्रस्तुत् गर्न सकेन : शशांक


0
Shares

नरेन्द्र थापा (इमेज)

नेपालगन्ज, भदौ ६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता–कार्यकर्तालाई विभाजित गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले लोकतन्त्र, राजनीतिक स्थिरता र समृद्धिका लागि कांग्रेस बलियो बन्नुपर्ने बताए ।

वर्तमान सरकारको मूल्यांकन गरिहाल्ने समय नभएको तर कुनै ठोस खाका, योजना र दृष्टिकोण प्रस्तुत् गर्न भने सरकारले नसकेको कोइरालाको भनाइ थियो ।