३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


बालेन साहकाे देउसी : ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’


4.914k
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्ना साथीहरुसँग देउसी खेलेका छन् ।

लक्ष्मीपूजाको भोलिपल्ट मंगलबार साँझ मेयर साह आफ्ना साथीहरुको समूहसहित वरिष्ठ कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्न पुगेका हुन् ।

मेयर साहले मंगलबार साँझ हरिवंशको घरमा खेल्नुभएको देउसी अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । देउसी खेल्ने क्रममा उहाँले सर्वकालिन लोकभाका “कलिलो तामालाई सोध रामालाई” गाउनु भएकाे थियाे ।

मेयर साहले देउसी भट्याउदा कार्यालय समयभन्दा बाहिर आफू सर्वसाधरण रहेको बताउनु भएकाे थियाे।

मेयर साहले गीतमाफर्त साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुख लागेको बताउनुभयाे । सामाजिक सञ्जालमा आएको भिडियोमा मेयर शाह भन्छन– ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो ।”

मेयर साहले देउसी भट्याउने क्रममा आफ्नो साथिको रेस्टुरेन्ट भत्काएको देखि आफूलाई खेदो गर्ने पत्रकार उक्त देउसीमा भेटिएको कुरालाई ठट्यौली पारामा प्रस्तुत गरेका गर्नुभएकाे थियाे ।