Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


गायक मुसेवाला हत्या प्रकरणले लियाे नयाँ माेड, बहिनी अफसाना शंकाको घेरामा


4k
Shares

एजेन्सी । पञ्जाबी गायक सिद्धु मूसेवाला प्रकरणले नयाँ माेड लिएकाे छ ।

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले चर्चित पञ्जाबी पार्श्व गायिका अफसाना खानलाई गैंगस्टर आतंकवादी सिन्डिकेट मुद्दामा बोलाएपछि मूसेवाला प्रकरणले नयाँ माेड लिएकाे हाे।

यस सम्बन्धमा एनआईएले मंगलबार अफसाना खानसँग ५ घण्टा सोधपुछ गरेको थियो । अफसाना गायक सिद्धु मुसेवालासँग नजिक थिइन् । उनले मुसेवालालाई भाइ बनाएकी थिइन् ।

भारतीय सञ्चार माध्यामका अनुसार एनआईए टोलीले अफसानाबाट मूसेवाला काण्डमा संलग्न गुण्डाहरूको सम्बन्धको बारेमा जानकारी प्राप्त गरेको थियो। एनआईएले मूसेवालाको हत्यामा अफसानाको भूमिका रहेको आशंका गरेको छ।

हालै, गुण्डाहरूमाथि एनआईएको दोस्रो राउन्डको अनुसन्धानमा अफसाना खानको नाम एनआईएको रडारमा आएको थियो। एनआईएले बम्बिहा गिरोहसँग अफसानाको सम्बन्ध रहेको आशंका गरेको छ।

सिद्धु मुसेवाला हत्या प्रकरणपछि गायिका अफसानालाई पनि मानसा प्रहरीले सोधपुछमा सामेल हुन नोटिस दिएको थियो । तर, अफसानाले त्यसबेला कतै बाहिर रहेको बताएकी थिइन् ।

यस वर्ष मे २९ मा २८ वर्षको उमेरमा सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो । आक्रमणकारीले एके–४७, एके–९४ लगायतका अन्य हतियारबाट करिब ३० राउण्ड फायर गरेका थिए ।

यस हत्याकाण्डको जिम्मेवारी गिरोहका नेता लरेन्स बिश्नोईका सहयोगी ग्याङ्स्टर गोल्डी ब्रारले लिएका थिए । यस हत्यासँग सम्बन्धीत अन्य कुराको जानकारीको लागि प्रहरीले अफसानासँग सोधपुछ जारी राखेको छ ।