निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटायो « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटायो


299
Shares

काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।

आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरुमध्ये उनीहरुको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।