८ असार २०८१, शनिबार | Sat Jun 22 2024


बेपत्ता पारिएका नागरिकहरु सम्बन्धी ऐन कानुन प्रभावकारी छैनन् : अधिवक्ता भण्डारी


0
Shares

काठमाडौं, असार ३ । अधिवक्ता एकराज भण्डारीले बेपत्ता पारिएका नागरिकहरु सम्बन्धी ऐन कानुन प्रभावकारी नभएको बताएका छन् ।

बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्ने सम्बन्धमा आज राजधानीमा गरिएको कार्यक्रममा उनले सरकार र राजनीतिक दलहरुमा बेपत्ता नागरिकहरुको छानविन गर्ने इच्छाशक्ति नरहेको आरोप लगाए ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि यो विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पनि उनले गरे ।

अधिवक्ता भण्डारीका छोरा विपिन भण्डारी समेत राज्यबाट बेपत्ता पारिएका छन् ।