Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


भत्काइएको स्थानमा सामुदायिक भवन बनाउन माग


793
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् ।

स्थानीय बासन्दिाका अनुसार २८ नं. वडा कार्यालय र सामाजिक/भाषिक संस्थाले केही समय अधिसमम चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिदैन ।

कुनै बेला उक्त स्थानमा सार्वजनिक शौचालय थियो । वि.सं. २०३३ सालतिर छ वरपरका वडा टोल नःघल, बाङ्गेमुढा, न्ह्रयोखा, त्यंग, न्हैकतला र खिलँ टोलका बासिन्दाहरूको संयुक्त पहलमा चन्दा संकलन गरेर उक्त भवन ठड्याइएको थियो ।

वि.सं. २०३५ सालमा निर्माण सम्पन्न गरिएको दुई तले उक्त भवनमा स्थानीय जनताकै सुविधाका लागि भनेर सहमतिमा वडा कार्यालयलाई बस्न दिइएको थियो । पछि तीनतले पारिएको उक्त भवनमा केही दिन अघि काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उक्त भवनको स्वामित्व विवाद फेरि सतहमा आएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।