काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् ।
पार्टीको इतिहासमा २५ वर्षपछि पहिलोपटक पोलिटब्युरोमा महिला सदस्य नछानिएको समाचारमा जनाइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकीमा उनी यसपटक अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।
यस्तै, राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा चुनिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनफिङ महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्