Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


एमालेले आफूलाई उम्मेदवारी दिन आग्रह गरेकाे अर्थविद् वाग्लेकाे खुलास


39
Shares

काठमाडाैं । अर्थविद् डा.स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको खुलासा गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा अर्थविद् वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको खुलासा गर्नुभएको हो ।

नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको जानकारी दिँदै अर्थविद् वाग्लेले टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण प्रस्ताव स्वीकार नगरेको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने स्पष्ट पार्नुभयो । अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखेको स्ष्ट पार्नुभयो ।