मकवानपुर । २०७४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनपछि बनेको प्रदेश सरकारले जनअपेक्षा पुरा नगरेको भन्दै टिप्पणी भैरहेको बेला आगामी कार्यकालमा प्रदेशको मुख्यमन्त्री बन्ने दौड सुरु भएको छ । आसन्न प्रदेश सभा सदस्य निर्वाचनबाट चिर्वाचित भई प्रदेशको मुख्यमन्त्री बन्ने अभिलाष सहित हाल ६ जना उम्मेदवाहरु मैदानमा छन् ।
प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी एकातिर छ भने उम्मेदवार मध्ये केहीले खुलेरै आफ्नो मनोकाक्षा सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफू नेपालको भावि प्रधानमन्त्री हुने भन्दै मैदानमा आएपछि बागमती प्रदेश सभा सदस्यमा उम्मेदवार भएकाहरुले पनि आफ्नो आकाक्षा बताउन थालेका हुन ।
प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ६ नेता देखिएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्