काठमाडौैं । स्थानीय र प्रदेश तहले शिक्षा क्षेत्रमा सबैभन्दा बढी खर्च गर्ने भए पनि खर्चको प्रगती अनुमान र मूल्यांकन हुने गरेको छैन ।
संघीय सरकारले शिक्षा क्षेत्रको कुल बजेटमध्ये ७० प्रतिशत स्थानीय तह र प्रदेशमा विनियोजन गर्ने भए पनि खर्च र लेखापरीक्षण प्रतिवेदन केन्द्रिकृत हुन नसकेको हो ।
गत वर्ष संघीय सरकारले शिक्षातर्फ १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन भएकोमा रकमन्तारणबाट १ खर्ब ६३ अर्ब ६० करोड कायम भएको थियो ।
कायम भएको मध्ये १ खर्ब ५२ अर्ब ७२ करोड अर्थात् ९३. ३४ प्रतिशत खर्च भएको देखिन्छ । तहगत खर्चको अवस्था विश्लेषण गर्दा संघीय सरकारले ३६ अर्ब ८८ करोड अर्थात् ३२.५४ प्रतिशत, प्रदेश सरकारले ५ अर्ब १० करोड अर्थात् २.९७ प्रतिशत र स्थानीय तहले १ खर्ब १० अर्ब ७४ करोड अर्थात् ६४.४९ प्रतिशत खर्च गरेको देखिन्छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्