२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्लाष्टिकजन्य फूलगुच्छा बिक्रीमा राेक


273
Shares

काठमाडाैं । सरकारले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन तथा आयात रोक्न अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा वातावरण विभागले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा कडाई गर्ने जनाएको छ ।

वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात र विक्रीमा मा रोक लगाएको सरकारले भोलिदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न सचेत गराउँदै माइकिङ गर्ने बताउनुभयो ।

उहाँले सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात वा भण्डारणमा रोक लगाएको भन्दै सूचनामार्फत सचेत गराएको बताउनु भयो ।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमाला आयात प्रतिबन्ध रहेको बताउनु भयो । उहाँले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताउनु भयो ।

महानिर्देशक घिमिरेले प्लाष्टिकजन्य फूलमाला आयातमै प्रतिबन्ध लगाएको अवस्थामा त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारी भन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने बताउनुभयो ।