
काठमाडौं, भदौ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववकिल माइकल कोहेनलाई न्यूयोर्क अदालतले चुनावी अभियानसँग जोडिएका वित्तीय नियम उल्लंघनमा दोषी ठहर गरेको छ ।
कोहेनले सन् २०१६ को राष्ट्रपतीय उम्मेदवारले भनेर वित्तीय नियम उल्लंघन गरेको र यसको उद्देश्य चुनावलाई प्रभावित पार्नु रहेको बताएका छन् । ती उम्मेदवार ट्रम्प रहेको विश्वास गरिएको छ ।
यो मुद्दामा ५१ वर्षीय कोहेनले ६५ वर्षसम्म जेल सजाय पाउनसक्ने अमेरिकी सन्चारमाध्यमहरुले बताएपनि न्यायाधीश विलियम पाउलले भने उनको सजाय ५ वर्ष ३ महिना हुनसक्ने जनाएका छन् ।
अदालतले सजायको घोषणा भने डिसेम्बर १२ मा गर्नेछ ।
चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम दिएको पनि कोहेनले स्वीकार गरेका छन् ।
ड्यानियल्सले राष्ट्रपति ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताउने गरेकी छन् ।
ट्रम्पले गोप्यरूपमा रकम तिर्न निर्देशन दिएको कोहेनले बताएका छन् । तर, मंगलबारमात्र भर्जिनियामा उनले कोहेनसँग जोडिएका प्रश्नहरुलाई बेवास्ता गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्