२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उम्मेदवार पुरानै, परिवेश फरक


351
Shares

विराटनगर । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई चिन्दिनँ भनेको चारैतिर फैलियो । त्यसपछि पण्डितले कोइरालालाई चुनौती दिँदै चुनाव जितेर उनलाई लड्डु दिन विराटनगरस्थित कोइरालानिवास जाने घोषणा गरे ।

उक्त निर्वाचनमा कोइरालालाई पछि पार्दै जित हासिल गर्न पण्डित सफल भए । तर पण्डित आफूले घोषणा गरेअनुसार साइकल चढेर कोइरालालाई लड्डु दिन कोइराला निवास भने गएनन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता कोइराला र एमालेका नेता पण्डित प्रतिस्पर्धामा छन् । अहिले मोरङ ६ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ ।

अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धन थियो, एमाले पनि एकढिक्का थियो। तर यो पटक एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी (नेकपा एस) बनेको छ । विगतको निर्वाचनमा एमालेसँग मिलेको नेकपा माओवादी केन्द्र कांग्रेस गठबन्धनमा छ । नेकपा एस पनि यही गठबन्धनमा छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।