Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चार देशसँग हवाई सेवा सम्झौता हुँदै


104
Shares

काठमाडौं । हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रिमेन्ट) गर्ने तयारी गरेको छ । सरकारले अमेरिकी, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो ।

चालू आर्थिक वर्षभित्र नै सम्झौता गर्ने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

उनले भने, ‘अमेरिका, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौताको लागि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । सम्झौताको लागि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएर नेपालको हवाई सञ्जाल विस्तारमा सहयोग पुग्ने छ ।’

नेपाल र अमेरिकाबीच सिधा हवाई सेवा नभएकाले अमेरिकाले हवाई सेवा सम्झौताको लागि चासो देखाएको र सोहीअनुसार मन्त्रालयले प्रक्रिया अगाडि बढाएको सहसचिव लामिछानेको भनाई छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।