Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


रुपन्देहीका तीन स्टिल उद्योग बन्द

गलत सरकारी नीति मुख्य कारण

156
Shares

भैरहवा । सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्त: शुल्कमा ल्याएको फरक नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि भारत तथा तेश्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीका तीन कम्पनी बन्द भएका छन् ।

एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल र रत्न आइरन इन्डस्ट्रिज पूर्ण रुपमा बन्द भएका छन् भने पञ्चकन्या ग्रुपको पञ्चकन्या स्टिलले पनि एक महिनादेखि उत्पादन रोकेको छ । एसआर स्टिल गत साउनदेखि भएको हो भने एभरेष्ट यही असोज पहिलो साताबाट बन्द भएको हो ।

रुपन्देहीको पहिलो स्टिल उद्योग एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयनकाले सरकारको नीतिका कारण उद्योग बन्द गर्नुपरेको बताए ।

‘एकै प्रकृतिका सामानमा फरकफरक दर कायम सरकारले गर्‍यो । स्पन्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिएन । त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनुपर्‍यो ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।