काठमाडौं । वाङ्मय शताब्दी सत्यमोहन जोशीको चिना जलाएर अन्त्येष्टि गरिएको छ । उनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले वाङ्मय शताब्दी पुरूषको शोकमा आज मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।
पोखरेलका अनुसार वाङ्मय शताब्दी पुरूष जोशीको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ ।
उता, दिवंगत जोशीको पार्थिव शरीर उनका परिवारले किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् । आइतबार साँझ परिवारजनले पार्थिव शरीर कलेजलाई हस्तान्तरण गरेका हुन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्