१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


‘जाउँ गुरु’ राइड एप सार्वजनिक


4.329k
Shares

काठमाडौं । जाउँ गुरु प्रा.लिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गनुएभउको हो ।

नेपालमा अन्य राइडर एपहरुको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो । यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदा समेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ ।

मोटरसाइकल र ट्याक्सी राइडरहरुले सजिलै एपमा आवद्ध हुन सक्ने र राइडर, यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ । जाउँ गुरु प्रा.लि.का अध्यक्ष इन्द्रहाङ लिङदेनले नेपालका लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताउनुभयो । उहाँले चाँडै काठमाडौं उपत्यका लगायत देशैभरका शहरमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताउनुभयो ।

नेपालमा हालसम्म प्रयोगमा आएका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीको मात्रै सुविधा दिँदै आएकामा जाउँ गुरुले डेलिभरी गाडी, मिनी ट्रक, पानी ट्याङ्कर र जिपसमेत भाडामा लिन सकिने सेवा उपलब्ध गराएको छ ।