
काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध तप २ महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पुर्याएको हो ।
असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाइएका मदिरा, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्माटफोन, सबै प्रकारका पेट्रोलियम बाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात रोकिएको छ ।’
यसअघि सरकारले थप सीमा तोकेर असार मसान्तसम्मका र पछि थप गरेर भदौ १४ हुँदै थप असोज २८ सम्म कायम गरिएको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्