२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहकार्यको सहमति


13
Shares

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहकार्यको सहमति भएको छ । नेपाली निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदानका बारे नीति निर्मातालाई जानकारी गराउन सो समझारी भएको बताइएको छ ।

यो सहकार्यबाट एक संयुक्त प्रतिवेद तयार पारिने र प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझाव प्रस्तुत गर्नेछ । सो कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।

९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसाय निजी क्षेत्रको स्वामित्वमा भएकोले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा गरिएका उल्लेख्य लगानी समावेश गरिने जनाइएको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका विकास सम्बन्धी लक्ष्य हासिल गर्न निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय वित्त निगमका नेपालस्थित आवासिय प्रतिनिधि बाबाकार एस. फायेले निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुने बताउनुभयो ।