२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


निर्वाचन आयोगद्वारा तीनवटा चुनाव चिन्ह हेरफेर


2.197k
Shares

काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न ३ वटा चुनाव चिह्नमा हेरफेर गरेको छ ।

हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारलाई दिइएका २ वटा चुनाव चिह्नमा आयोगले हेरफेर गरेको हो । आयोगले लौरोको क्रम संख्या परिवर्तन गर्नुका साथै स्वतन्त्र उम्मेदवारलाई दिएको डोजर र क्रस खुकुरी चुनाव चिह्नमा पनि हेरफेर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७६ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी गत बिहीबार उक्त चुनाव चिह्न हेरफेर गरिएको हो ।