Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


माओवादीमा असन्तुष्टि


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गर्दा प्रभावकारी र लामो समय योगदान गरेका नेता छुटाइएको, पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्दा उपयुक्त जिम्मेवारी नदिइएको तथा पार्टी सञ्चालन प्रक्रियासमेत सही ढंगले नभएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्नेदेखि अध्यक्ष दाहाललाई असहमतिपत्र बुझाउनेसम्मका गतिविधि भइरहेका छन् ।

पार्टीमा विधि, प्रक्रिया तथा आगामी निर्वाचनमा उम्मेदवारी चयनलगायत विषयमा पार्टीका उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष दाहालसमक्ष लिखित असहमति प्रस्तुत गरेका छन् ।

गजुरेलले दाहाललाई बुझाएको असहमतिपत्रमा आगामी निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवारका बारेमा असन्तुष्टि व्यक्त गर्नेदेखि पार्टीको विधान, विशेष महाधिवेशन, महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनको कार्यान्वयन, सांगठनिक संरचनालगायत विषयमा प्रश्न उठाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।